काठमाडौं, १२ फागुन। सुनको मूल्य बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो। यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्यपनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ। बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ।
