• ट्रेण्डिङ्ग :
प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा

प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा


  • 3.4K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा

    दाङ , २ असोज । दाङको तुलसीपुरमा भोलिदेखि सुरु हुने स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ को तयारी पूरा भएको छ । 

    images

    नेपाली कांग्रेस तुलसीपुर नगरकार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यवस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुन लागेको प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री दिपक गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर सभापति सुरेश हमालले जानकारी दिनु भएकोछ । 

    प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि तय गरिएको हमालले जानकारी दिनुभयो ।

    तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगिताको आतिथ्य सत्कार, आर्थिक ब्यवस्थापन, प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माण लगायतका सबै तयारी पूरा गरिरेको छ ।

    तीन दिनसम्म चल्ने प्रतियोगितामा दाङ लगायत अन्य जिल्लाका १२ टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरीले जानकारी दिनु भएको छ । 
    प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच  हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

    त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । 

    जसअनुसार बेष्ट प्लेयर हुने खेलाडिले तीन हजार पाँच सय, नगद , ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर, वेष्ट ब्लकर र वेष्ट लिब्रोलाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी, प्रदान गरिने आयोजक नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिका सदस्य गोरख वलीले जानकारी दिनु भएको छ । 

    प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ भने खेल तालिका टाईसिट बिहिवार बिहान ९ बजेका लागि तोकिएको आयोजकले जानकारी दिएको छ । यसैबिच आयोजकले भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि भलिबल प्रेमी खेलाडी, खेलकुद सम्बद्ध संघ/संस्था, राजनीतिक दल,पत्रकार लगायत सबैमा हार्दिक अनुरोध गरेको छ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप