• ट्रेण्डिङ्ग :
आगलागीबाट ४ लाख नगदसहित ६ लाख २० हजार बराबरको क्षति

आगलागीबाट ४ लाख नगदसहित ६ लाख २० हजार बराबरको क्षति


  • 8.6K
    SHARES
    • आश्विन ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 13.2K Views

    आगलागीबाट ४ लाख नगदसहित ६ लाख २० हजार बराबरको क्षति

    रोल्पा, ३ असोज । रोल्पामा आगलागी हुँदा ठुलो धनराशिको क्षति पुगेको छ । जिल्लाको थबाङ गाउँपालिका ४ चौत्रावाङका पूर्णबहादुर रोका मगर घरमा उक्त पुगेको हो। ढुङ्गा र माटोले बनेको खरले छाएको गोठमा आगलागी हुँदा ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ ।  

    images

    आगलागीबाट ४ लाख नगद नोटको आधा भाग जलेको र गोठमा रहेका अन्य भेडाको उन, कपडा, सोलर प्यानल, अन्नपात सहित ६ लाख २० हजार बराबरको क्षति भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज वराकोटीले जानकारी दिनुभयो।

    घटना बुधवार दिउँसो साढे १ बजे को समयमा भएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । चुलिमाथि दाउरा सेकी मानिस बाहिर गएको बेला आगलागी भएको बताइएको छ ।


    तेस्रो आँखा