‘ए’ डिभिजन लिगः सातदोबाटोले च्यासललाई हरायाे, हिमालयन र फ्रेन्ड्स बराबरीमा 

‘ए’ डिभिजन लिगः सातदोबाटोले च्यासललाई हरायाे, हिमालयन र फ्रेन्ड्स बराबरीमा 


  • 7.3K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    ‘ए’ डिभिजन लिगः सातदोबाटोले च्यासललाई हरायाे, हिमालयन र फ्रेन्ड्स बराबरीमा 

    काठमाडौं, १२ फागुन। सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।

    images

    एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई एक शुन्य गोल अन्तरले हराएको हो ।

    सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले निर्णायक गोल गरे ।

    खेलको सातौं मिनेटमा मार्टिन्सले गोल गरेका हुन् ।

    यस जितसँगै सातदोबाटोले लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटो लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

    सातदोबाटोले १३ खेलमा २१ अंक जोडेको छ ।

    च्यासलले भने हारबाट लिगको अन्त्य गरेको छ । र, बी डिभिजनमा घटुवा भएको छ ।

    च्यासल १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । 

    त्यस्तै आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले एक एक गोलको बराबरी खेलेका हुन् ।

    प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो ।

    खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले एक शुन्य गोलको अग्रता बनाएको थियो ।

    तर, खेलको ८९ औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

    यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेका  छन् ।

    हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । हिमालयन नवौं स्थानमा उक्लिएको छ ।

    फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप