• ट्रेण्डिङ्ग :
कुबेर शाह स्मृति कप : भोलि सेमिफाइनल र फाइनल खेल हुने

कुबेर शाह स्मृति कप : भोलि सेमिफाइनल र फाइनल खेल हुने


  • 4.3K
    SHARES
    • आश्विन ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.6K Views

    कुबेर शाह स्मृति कप : भोलि सेमिफाइनल र फाइनल खेल हुने

    दाङ, ४ असोज । तुलसीपुर अरनिको मैदानमा जारी स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ मा भोलि सेमिफाईनल र फाईनल खेल हुने भएका छन् ।

    images

    नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक ब्यवस्थापनमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एचआर मिडिया हाउस तुलसीपुर र ग्रेट अरनिको मावि तुलसीपुर भिड्नेछन् । खेल बिहान सात बजेदेखि सुरु हुनेछ ।

    त्यस्तै दोस्रो सेमिफाईनलमा हेलो मोबाईल ए र ज्ञानज्योती कलेज तुलसीपुर आमनेसामने हुनेछन् । आज शुक्रबार सम्पन्न खेलमा लियो क्लब अफ तुलसीपुर लाई २-० को सोझो सेटमा पराजित गर्दै ग्रेट अरनिकोले सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै दंगीशरण गाउँपालिकालाई २-० को सोझो सेटमा पराजित गर्दै एचआर मिडिया हाउस सेमिफाइनल प्रवेश गरेको हो । 

    त्यसैगरी ड्राईभर स्टाप रोल्पालाई सोझो सेटमा पराजित गरि हेलो मोबाईल ए ले सेमिफाइनल यात्रा तय गर्दा ज्ञान ज्योती कलेज हेलो मोबाईल बिलाई २-० को सोझै सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्राबिधिक संयोजक राजु यरीले जानकारी दिनु भएको छ ।

    तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

    त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । 

    जसअनुसार बेष्ट प्लेयर हुने खेलाडिले तीन हजार पाँच सय, नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रोलाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी, प्रदान गरिने नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमिति सदस्य गोरख वलीले जानकारी दिनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # लक्ष्मण बस्नेत

  • तेस्रो आँखा