नेपाली महिला क्रिकेट टिमले पहिलो अन्तरराष्ट्रिय सिरिज क्लिनस्विप गर्दै इतिहास वनायो

नेपाली महिला क्रिकेट टिमले पहिलो अन्तरराष्ट्रिय सिरिज क्लिनस्विप गर्दै इतिहास वनायो


  • 6.3K
    SHARES
    • मंसिर २, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    नेपाली महिला क्रिकेट टिमले पहिलो अन्तरराष्ट्रिय सिरिज क्लिनस्विप गर्दै  इतिहास वनायो

    २ मंसिर काठमाण्डौ , नेपाली महिला क्रिकेट टोलीले  कतारविरूद्धको टी -२० अन्तर्राष्ट्रिय सिरिजमा ३- ० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज हात पारेको हो । 

    images

    यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो।

    पहिलो अन्तर्राष्ट्रिय टी(२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिनस्विप गर्दै अर्को इतिहास रचेको छ।

    बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो।

    १६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन  मात्र जोड्न सक्यो।

    नेपालले टी(२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो।

    विश्वकप छनोट आगामी सोमबार देखि यूएईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

     


    तेस्रो आँखा