सुपर लिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लव ९ विकेटले विजयी

सुपर लिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लव ९ विकेटले विजयी


  • 10.5K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    सुपर लिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लव ९ विकेटले विजयी

    बुटवल,१३ फागुन । रुपन्देहीमा जारी सुपर लिग क्रिकेट प्रतियोगिताको बिहिबारकाे खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगितामा ज्ञानोदयले सैनामैना क्रिकेट क्लबलाई नौ विकेटले पराजित गरेको हो । 

    images

    टस जितेर पहिले व्याटिङ गरेको सैनामैनाले ३१ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्र एक सय १४ रन बनायो । उसकालागि सुनिल पौडेलले ३१ र बिशाल रानाले २७ रन बनाए । सैनामैनालाई सस्तैमा रोक्न बिशाल पौडेलले ६, करण विश्वकर्मा र सुनिल धमलाले समान दुई/दुई विकेट लिए ।

    जबाफी व्याटिङ गरेको ज्ञानोदयले १८ ओभर दुई बलमा लक्ष्य पुरा ग¥यो । ओपनर आएका मनिष पौडेल शून्यमा आउट हुँदा ज्ञानोदयको १३ रन थियो । त्यसपछि आएका महेश राना र सुनिल धमलाको जोडिले उत्कृष्ट व्याटिङ गर्दै जित निकाले । सुनिल धमलाले ७९ र महेश रानाले ३२ रन बनाए ।  बलिङमा सैनामैनाका सुनिल पौडेलले एक विकेट लिए । म्यान अफ दी म्याच बिशाल पौडेल भए । शुक्रबार तिलोत्तमा क्रिकेट क्लव र स्टार क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप