काठमाडौं, १३ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शुक्रबार अन्तिम चरणका अर्थात १३ औं चरणका दुई खेल हुने भएका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।
जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौंं स्थानमा रहेको छ भने संकटा समान १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ।
यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो एक बजे सुरु हुनेछ ।
ब्रिगेड १२ खेलमा सात अंक जोडेर १३ औं स्थानमा रहेको छ भने थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । त्यस्तै ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब रेलिगेसनमा परिसकेका छन् ।
