एजेन्सी १३ फागुन । छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। बिहीवार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

रुसले आक्रमण गरेपछि एउटा सैन्य विमानस्थलमा धुवँको कालो मुस्लो उडेको देखियो

युक्रेनको सीमा सुरक्षाबलले सार्वजनिक गरेको एउटा सीसीटीभी तस्बिरमा रुसी सेनाका वाहनहरू क्राइमियाबाट युक्रेनभित्र प्रवेश गरेको देखिन्छ

चूहूइभस्थित एउटा आवासीय भवन भएको क्षेत्रमा हवाई आक्रमण भएपछि फैलिएको आगो नियन्त्रण गर्ने प्रयासमा युक्रेनी अग्निशमन निकायका कर्मचारीहरू

त्यहाँबाट अग्निशमन कर्मचारीहरूले सर्वसाधारण नागरिकहरूको उद्धार गरेका थिए

दक्षिणपूर्वी मारिऊपोल सहरस्थित एउटा सैन्य केन्द्रबाट धुवाँको मुस्लो उडेको देखिएको थियो

युक्रेन सरकारको एउटा निकायले किएभस्थित एउटा सैन्य केन्द्रमा विस्फोटन भएपछि खिचिएको तस्बिर सार्वजनिक गरेको छ

रुसले आक्रमण गरेपछि किएभको सडकमा खसेको बमको अवशेष निरीक्षण गर्दै प्रहरी र सुरक्षाकर्मी

रुसले बम आक्रमण गरेपछि किएभको सडकमा रुसी बमको अवशेष भएको क्षेत्रमा सर्वसाधारण नागरिकहरू

किएभ विमानस्थलमा मानिसहरू

डिनीप्रो सहरबाहिर पेट्रोल पम्प भएको क्षेत्रमाथि युक्रेनी हेलिकप्टर
बीबीसी
