विश्वकप लिग-२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

विश्वकप लिग-२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै


  • 2.5K
    SHARES
    • आश्विन ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.8K Views

    विश्वकप लिग-२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ ।

    images

    यसअघि  सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदामा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।

    नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

    नेपालले लिग–२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमध्ये एकमा जित र ६ खेलमा हार बेहोरेको छ ।

    त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको छ ।

    आजको खेलसँगै लिग–२ को दोस्रो सिरिज सकिनेछ भने क्यानाडामै  तीन टोलीबीच टी–२० सिरिज हुनेछ । 


    तेस्रो आँखा