तुलसीपुर ८ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ मज्गै निवासी स्वर्गिय रबि बस्नेतको स्मृतिमा प्रथम रबि स्मृति फुटबल कप हुने भएको छ ।
यही असोज १३ देखि १७ गतेसम्म जागृती टोल विकास संस्थाको आयोजना तथा मज्गै फुटबल क्लवको सहयोगमा मज्गै खेल मैदानमा स्मृतिकप प्रतियोगिता आयोजना गरिएको मज्गै फुटबल क्लवका संयोजक चुर्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रमथ हुने प्रतियोगी समूहलाई नगद २९ हजार ९ सय ९९ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र, द्वितिय हुने प्रतियोगी समूहलाई १४ हजार ९ सय ९९ रुपैयाँ कप, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिने जागृती टोल विकास संस्थाका अध्यक्ष मोहनलाल बस्नेतले जानकारी दिनुभयो । गतवर्ष सवारी दुर्घटनामा ज्यान गुमाएका स्वर्गिय बस्नेतको स्मृतिमा पहिलो पटक जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
