सत्तारुढ नेताहरुलाई ढुंगा नहानेकोमा ओलीको असन्तुष्टि 

सत्तारुढ नेताहरुलाई ढुंगा नहानेकोमा ओलीको असन्तुष्टि 


  • 10.5K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    सत्तारुढ नेताहरुलाई ढुंगा नहानेकोमा ओलीको असन्तुष्टि 

    काठमाडाैं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने नेताहरुलाई ढुंगा नहानेको भन्दै असन्तुष्टि जनाएका छन्  ।  शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुलाई सडकमा गएका कार्यकर्ताले ढुंगा नहानेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

    images

     उनले भने, ‘सरकारमै बसेकाहरुले सडक भत्काउन र ढुंगा हान्न सडकमा कार्यकर्ता पठाएका छन्, उनीहरु आफ्ना नेताहरुलाई ताली लगाएर मलाई ढुंगा हान्छन् ।’ उनले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’ ‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन ।

    नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’
     कांग्रेस–माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् ।

    अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’ काठमाडौं बाट पोखरा पुगेर ओलीले आन्दोलनकारीले आफूलाई ढुंगा हानेको र कांग्रेस,माओवादी र नेकपा एसका नेताहरुलाई तालि लगाएको अभिव्यक्ति दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # नेकपा एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप