बिहेको प्रस्ताव अस्वीकार गर्ने युवतीको बलात्कारपछि  टाउको काटेर हत्या

बिहेको प्रस्ताव अस्वीकार गर्ने युवतीको बलात्कारपछि  टाउको काटेर हत्या


  • 8.9K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    बिहेको प्रस्ताव अस्वीकार गर्ने युवतीको बलात्कारपछि  टाउको काटेर हत्या

    एजेन्सी १३ फागुन। पाकिस्तानमा एउटा अदालतले बिहेको प्रस्ताव अस्वीकार गर्ने एक युवतीको बलात्कार र हत्या गरेको ठहर गर्दै एक युवकलाई मृत्युदण्डको फैसाला सुनाएको छ।

    images

    गत वर्ष जुलाई २० मा धनाढ्य परिवारका जाहिर जाफरले पाकिस्तानका एक पूर्वकूटनीतिज्ञकी छोरी नूर मुकद्दमलाई कुटपिट तथा बलात्कार गरी पछि उनको  टाउको काटेर हत्या गरेका थिए। उक्त हत्याले देशभरि चर्को आक्रोश उत्पन्न भएको थियो भने महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्ने माग उठेको थियो।

    नुरले बिहेको प्रस्ताव अस्वीकार गरेपछि जाफरले राजधानीको एउटा भव्य क्षेत्रस्थित आफ्नो परिवारिक घरमा उनलाई दुई दिनसम्म बन्धक बनाएर राखेका थिए। एउटा अदालतको कक्षबाट दर्जनौँ सुरक्षाकर्मीले बाहिर निकाल्दै गर्दा जाफरले पत्रकारहरुलाई भनेका थिएः ‘म रिसाएको थिएँ, मैले एउटा चक्कुले नूरको हत्या गरेँ।’

    यही भनाइको कारणले नूरको न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुले सडकमा ओर्लिएर मैनबत्ती बालेर जागरण अभियान सञ्चालन गरेका थिए। साथमा धेरै महिलाले अगाडि आएर आफूले भोगेका घरेलु हिंसा र यौन शोषणका कथा सार्वजनिक गरे।

    जाफरको साथमा उनको घरमा काम गर्ने दुई व्यक्तिहरुलाई पनि अदालतले १०–१० वर्षको जेल सजाय सुनाएको छ। अदालतको अनुसार ती दुई जनाले जाफरलाई हत्या गर्न उक्साएको ठहर गरेको छ। यद्यपि अपराध ढाकछोप  गर्न सघाएको अभियोगमा जाफरका आमाबुवाले भने सफाई पाएका छन्।

    मृतक युवतीका बुवा शौकत मुकद्दमले अदालतको आदेश आएपछि न्यायको जित भएको टिप्पणी गरेका छन्। पाकिस्तानमा महिलालाई शोषण गर्ने र हत्याराहरुले अपराधबाट मुक्ति नपाउने सुनिश्चित होओस् भन्ने आफूले चाहेकाो उनले बताए। तीस वर्षीय जाफरसँग अमेरिकी नागरिकता छ । अदालतले दिएको आदेशविरुद्ध उनले पनि पुनरावेदन गर्न पाउँछन्।

    bbc 2.PNG

    बीबीसी


    तेस्रो आँखा
    लेखकबाट थप