संकटा र जावलाखेलले अंक बाँडे

संकटा र जावलाखेलले अंक बाँडे


  • 8.1K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    संकटा र जावलाखेलले अंक बाँडे

    काठमाडौं, १३ फागुन । जावलाखेल युथ क्लब र संकटा क्लबले एक एक गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग(२०७८) काे अन्त्य  गरेको छ । 

    images

    बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्‍यो । यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य गर्‍यो। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।                                                                                                                     

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५ औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५ औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे । 

    उत्तम राईले ६१ औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए । 

    लिगमा ११ औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब बीबीसी दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप