हारको संघारबाट जोगियो थ्री स्टार, लिगको टप पाँचमा पनि परेन

हारको संघारबाट जोगियो थ्री स्टार, लिगको टप पाँचमा पनि परेन


  • 9.0K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    हारको संघारबाट जोगियो थ्री स्टार, लिगको टप पाँचमा पनि परेन

    काठमाडौं, १३ फागुन । इन्जुरी समयमा घनिफो रोमाहले गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग(२०७८) अन्तर्गत अन्तिम चरणको खेलमा थ्री स्टार क्लब हारको संघारबाट जोगिएको छ ।

    images

    लिगको १३ औं चरणको खेलमा शुक्रबार थ्री स्टार दोस्रो डिभिजनमा घटुवा भइसकेको टोली ब्रिगेड ब्वाइज क्लब बीबीसी सँग एक एक को बराबरीमा रोकियो ।

    सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा प्रशान्त तामाङले गरेको गोलबाट बीबीसीले अग्रता लिए पनि खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अंक बढ्यो । प्रशान्तले गोलकिपर गुरप्रित सिंहबाट आएको लामो पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै गोल गरेका थिए । 

    तर, इन्जुरी समयको अन्तिम मिनेटमा घनिफो रोमाहले गोल गरेपछि थ्री स्टार हारको संघारबाट जोगिएको थियो । रोमाहले डोना थापाको पासलाई पोस्टको दिशा दिएका थिए ।

    बराबरीसँगै १९ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा यथावत् छ । थ्री स्टारले १३ खेलमध्ये चारमा जित, सातमा बराबरी र दुई खेलमा हारको नतिजासहित लिगको अन्त्य गर्‍यो ।

    यस्तै, दोस्रो डिभिजनमा घटुवा भएको बीबीसीले १३ खेलबाट आठ अंक जोड्यो । बीबीसीले एकमा जित, पाँचमा बराबरी र सात खेलमा पराजयको नतिजा निकाल्यो ।

    लिगमा ११ औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब बीबीसी दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप