एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो


  • 2.5K
    SHARES
    • आश्विन १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

    मकवानपुर, १२ असोज । पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।

    images

    उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । 

    यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।


    तेस्रो आँखा