दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


  • 2.1K
    SHARES
    • आश्विन १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.3K Views

    दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौँ  १५ असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।

    images

    प्रहरीको साइबर ब्युरोको उनलाई  असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।


    तेस्रो आँखा