रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु 

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु 


  • 8.8K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु 

    एजेन्सी, १४ फागुन । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।

    images

    युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए ।  

    सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । 

    पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।

    देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।  

     


    तेस्रो आँखा