अमेरिकाको बिभिन्न शहरमा ‘नेपा–अमेरिका शुभकामना साँझ’ आयोजना हुँदै

अमेरिकाको बिभिन्न शहरमा ‘नेपा–अमेरिका शुभकामना साँझ’ आयोजना हुँदै


  • 6.9K
    SHARES
    • आश्विन १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 10.6K Views

    अमेरिकाको बिभिन्न शहरमा ‘नेपा–अमेरिका शुभकामना साँझ’ आयोजना हुँदै

    काठमाडौं, १८ असोज  । अमेरिकाको बिभिन्न शहरमा ‘नेपा–अमेरिका शुभकामना साँझ’ आयोजना हुने भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा गोर्खा ग्रुप एल.एल.सि.ले अमेरिकाको  विभिन्न शहरमा शुभकामना साँझको आयोजना गर्न लागेको हो । 

    images

    अमेरिकामा रहेका नेपालीहरुलाई आफ्नो गाउँ घरको झल्को दिलाउन नेपाली कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् प्रचारप्रसार गर्न नयाँ वर्ष २०७२ को अवसरमा शुभकामना साँझको आयोजना गर्न लागिएको गोर्खा ग्रुप एल.एल.सि.का प्रबन्ध निर्देशक डि बि रावतले बताउनुभएको हो । 

    अमेरिकाका विभिन्न शहरहरुमा आयोजना गरिने शुभकामना साँझमा भाग लिन चाहने कलाकारहरुले गोर्खा ग्रुपको अधिकारिक ईमेल [email protected]  वा whatsapp नम्बर +15128798835 मा ३१ अक्टोबर २०२४ सम्म आवेदन पठाउन सकिने आयोजकले जनाएको छ । जानकारीका लागि गोर्खा ग्रुप एल.एल.सि.का नेपाल प्रतिनिधि पदमबहादुर बुढालाई सम्पर्क गर्न सकिने भएको छ । 

    गोर्खा ग्रुप एल।एल।सि।ले कम्पनीमा उपलब्ध आवेदनहरुबाट प्रत्यक्ष भेटघाट वा विभिन्न माध्यमहरुबाट भएको परामर्शका आधारमा आवश्यक पर्ने कलाकारहरुको छनौट गरिने भएको छ । निजी खर्चमा अमेरिकामा आफ्नो प्रस्तुती दिई आफ्नो व्यावसायिक उचाई बढाउन चाहाने इच्छुक कलाकारहरुले पनि गोर्खा ग्रुप एल. एल. सि.मा आवेदन दिन सक्ने जनाइएको छ । छनौटमा परेका कलाकारहरुले निश्चित कानुनी प्रकृया पुरा गरेपश्चात कम्पनिले आफ्नो सांगीतिक समूहमा सामेल गराउने जनाएको छ ।


    तेस्रो आँखा