• ट्रेण्डिङ्ग :
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु


  • 4.3K
    SHARES
    • आश्विन १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.6K Views

    बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

    हुम्ला, १९  असोज । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ ।

    images

    हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । 

    रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उहाँसँगै बालक बुढा पनि मामाघर गइरहनुभएको थियो ।  


    तेस्रो आँखा