देशै बेचेर पनि के को दशैं मनाउनु र
जलहरीमा पित्तल चढाउँदा पशुपतिनाथ आफैले त थाहा पाएनन्
अप्ठेरोमा पर्दा म कुन चाँहि भगवान समाउनु र
भागै नमिलेपछि त चुहिन्छ कुरा
अचार चिन्ने सुन नचिन्ने
निर्जिव त्यो एक्सरे मेसिन पनि व्यर्थै के बनाउनु र
पठ्यूँमा सपनाको झोला काँधमा जिम्मेवारीको गह्रौं भारी बोकेर
डाँडापारीको घाम पूर्णिमाको जुन अनि सकल कोपिलाको चित्र मन भरी राखेर
आँशु पछ्दै पुछ्दै आकाशमा उडेको लाहुरे
दिनैपिच्छे बाकसमा फर्केको छ
रातो टीका र हरियो जमराले म एक्लै यहाँ के पो रमाउनु र ।।
देशै बेचेर पनि त के को दशैं मनाउनु र
ललिताको लिला त चिन्नै सकिन मैले
फगत नक्सामा चुच्चो नि किन बनाउनु र
सिंहदरबारमा गणतन्त्र मर्छ, न्यायालयमा न्याय मर्छ
टोलै पिच्छे शुभ निशुम्भ पलपल जन्मिरहन्छन्
कथाको एक मधु कैटभ ढलेर मैले दशैं के को मनाउनु र
इराकको घाउ ताजै थियो इजायलको त मलामी नै फर्केका छैनन्
उसको घरमा डिग्रो नफुट्दै मादल ठोकेर म सोरठी र मारुनीमा कसरी रमाउनु र
पालैपालो धरान सप्तरी र नेपागञ्ज रहेको छ
सडकमा सद्भावको लामो जुलुस निकालेर कसलाई सहिष्णु बनाउनु र
बा नचिनेको बालक टुहुरो भएको छ
म बासँग आशिष मागेर के को दशैं मनाउनु र
रातो टीका र हरियो जमराले म एक्लै यहाँ के पो रमाउनु र ।।
लाेक राज डाँगी
