काठमाडौं, १५ फागुन । अन्जन विष्ट नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीको मार्की खेलाडीमा नियुक्त भएका छन् ।
आइतबार पत्रकार सम्मलेन गर्दै झापाले राष्ट्रिय टिमका सदस्य अन्जनलाई मार्की प्लेयर नियुक्त गरेको हो ।
मिडफिल्डर अन्जन र झापाका सुजन गौतमले सम्झौतामा हस्ताक्षर गरे ।
एनएसएलको नयाँ टोली झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ ।
दोस्रो संस्करणको प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो ।
सात टोलीले प्रतिस्पर्धा गरेको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
पहिलो संस्करणकमा अन्जनले ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए ।
