• ट्रेण्डिङ्ग :
दशैँमा किन उडाइन्छ चंगा ? (इतिहाससहित)

दशैँमा किन उडाइन्छ चंगा ? (इतिहाससहित)


  • 3.7K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    दशैँमा किन उडाइन्छ चंगा ? (इतिहाससहित)

    नेपालीहरूको महान चाड दशै घरआँगनमै आइसकेको छ। दशैँमा चंगा उडाएर रमाईलो गर्न परम्परा पुरानै हो। 

    images

    चंगाको प्राचीनकालमा चीनको हान वंशबाट सुरुवात भएको इतिहास पाइन्छ। त्यो समयमा चीनका एक व्यक्तिले काठ र बाँसको चरा आकारको चंगा बनाएर तीन दिनसम्म आकाशमा उडाएको भनाइ रहेको छ। त्यही समयदेखि नै चंगा उडाउने परम्परा रहेको इतिहास पाइन्छ। नेपाल र भारतमा चंगाको चलन जापानबाट आएको विश्वास गरिन्छ। जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ। नेपालमा चंगाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो नभएको जानकारहरू बताउँछन।

    प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चंगाको प्रयोग सैन्य उदेश्यका लागि पनि गरिन्थ्यो। चीनमा राजा राजवंशको क्रममा उडेको चंगालाई त्यतिकै छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो। बच्चाको संभावित वर्षभरिको दसा काटियोस भनेर कोरियामा चंगामा बच्चाको नाम र उसको जन्म मिति लेखेर उडाइने गरिएको इतिहास पाइन्छ।

    चंगा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र भन्दा पनि चंगा उडाउनुलाई चाडपर्वको संकेत पनि भन्ने गरिएको छ। किम्बंदन्ती अनुसार वर्ष याम भरि धेरै पानी परिसकेको हुनाले धान पाक्ने बेलामा पानीका राजा इन्द्रदेव लाई पानी चाहिदैन भनेर चंगा उडाएर सन्देश पठाएको भनाइ रहेको छ।

    चंगा उडाएमा पानी पदैन भन्ने विश्वाश पनि रहि आएको पाइन्छ। विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भएपनि नेपालमा भने दसैं–तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ।

    दशैँमा किन उडाइन्छ चंगा ?
    दशैं शरद ऋतुमा पर्छ। शरदीय वायुमा चंगा उडाउन सहज हुन्छ। त्यसमाथि दशैंको फुर्सद। यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्यम पनि हो। त्यसैले पनि यस समयमा चंगा उडान्छ। तर, चंगाको साइनो रमाइलोसँग मात्र छैन। चंगा उडाउनुसँग धेरै अर्थ जोडिएको छ। यसलाई प्रतिक एवं विम्बको रुपमा पनि लिने गरिएको छ।

    यस्तै यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ। चंगा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो। किनभने चंगा उडाउनका लागि अरु मौसम अनुकुल हुँदैन। यतिबेला भने आकाश खुला हुन्छ। वायुमण्डलमा शीतल हावा चल्न थाल्छ। चंगा उडाउन मन्द हावाको बहाव चाहिन्छ। यस्तो बहाव शरदीय मौसममा मात्र उपलब्ध हुन्छ।


    तेस्रो आँखा