टेक्ससको डालसमा सांगितिक कार्यक्रम ‘रिदम नाइट्स’ हुने

टेक्ससको डालसमा सांगितिक कार्यक्रम ‘रिदम नाइट्स’ हुने


  • 5.9K
    SHARES
    • आश्विन २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.0K Views

    टेक्ससको डालसमा सांगितिक कार्यक्रम ‘रिदम नाइट्स’ हुने

    अमेरिका, २५ असोज । अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको 'रिदम नाईटस्'  हुने भएको छ । दशै र तिहारको उत्सवसंगै आयोजना गरिएको कार्यक्रम नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुती रहेनछ । 

    images

    युएस खबर मिडीया नेटवर्क र फेम नेपालको संयुक्त आयोजनामा अमर क्षेत्री फाउण्डेसन र भेटघाट रेस्टुरेन्टसंगको सहकार्यमा 'रिदम नाईट्स भोलुम वान' कार्यक्रम आयोजना लागिएको हो । अगामी अक्टोवर १८ तारिख शुक्रबार आयोजना गरिएको कार्यक्रममा सांगितीक क्षेत्रकी चर्चित गायीका मिलन नेवार, गायक खेम सेन्चुरी, कलाकार तथा मोडल अन्जली अधिकारी र कमेडियन तथा उद्घोषिका राधिका कडेलको प्रस्तुती रहने फेम नेपालका प्रमुख बिमल पछाईले जानकारी दिएका छन् ।

    कार्यक्रम डालस अर्भिगंमा रहेको भेटघाट रेस्टुरेन्ट एण्ड बैंक्युटमा हुदैछ । फुलबुट्टे सारी लगायत थुप्रै लोकप्रिय गित गाएकी चर्चित गायिका मिलन नेवारको प्रस्तुतीले रिदम नाईट्मा छुट्टै माहोल बन्ने आयोजकको दाबी छ । कार्यक्रममा लोक दोहोरी गितमा पछिल्लो समयका निकै चर्चित गायक खेम सेन्चुरीका कमाउने नि हो रमाउने नि हो साथै सुर्ति माड्दा माड्दै गयो जोवन लगायतका गित सुन्न पाईनेछ । 

    चर्चित कलाकार तथा मोडल अन्जली अधिकारी नृत्य तथा उद्घोषीका राधिका कडेलको कमेडी सहितको उद्घोषण रहनेछ । कलाकारको युएस टुर डिसी नेप्लीज फुटवल क्लबले गरेको हो । 

    कार्यक्रममा सहभागी हुन २५ डलर टिकटदर राखिएको छ भने, कार्यक्रम स्थलमा भने टिकटदर केहि बढी हुने आयोजकले बताएका छन् । फेम नेपाल अमेरिका र नेपाल इन्भेट म्यानेजमेन्ट कम्पनी हो भने युएस खबर अमेरिकामा सञ्चालीत नेपाली समाचार अनलाईन हो । फेम नेपाल  र युएस खबर संयुक्त आयोजना यस अघि बिश्वकप क्रिकेटमा सहभागी नेपाली टिमको स्वागतमा फ्यान फेस्टीभल र अब नाच्छ डालस कार्यक्रम सम्पन्न भैसकेको छ ।


    तेस्रो आँखा