प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा


  • 2.9K
    SHARES
    • आश्विन २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    काठमाडौँ, २५ असोज । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ ।

    images

    त्यस अवसरमा उहाँले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो । पूजापछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।

    नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

    साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पूजा गर्ने परम्पराअनुरूप आज सम्पूर्ण प्रहरी एकाइमा पनि मौलो पूजा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


    तेस्रो आँखा