टेक्सासको अस्टिनमा दसैं, तिहार र छठको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना हुँदै

टेक्सासको अस्टिनमा दसैं, तिहार र छठको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना हुँदै


  • 16.1K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 24.7K Views

    टेक्सासको अस्टिनमा दसैं, तिहार र छठको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना हुँदै

    टेक्सास अस्टिन,  टेक्सासको अस्टिनमा दसैं, तिहार र छठको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना हुनगई रहेको छ। अस्टिन सिटी र अस्टिन वरपर बस्ने नेपाली हरुको बिचमा चियापान कार्यक्रम र एकआपसमा दसैं तिहार र छठ पर्वको शुभकामना साटा साट गरेर मानाईनेछ भने गायिका देवीका के सि को साँगितिक प्रस्तुती पनि रहने छ। चियापान कार्यक्राम अस्टिन क्षेत्रमा बसोबास गर्ने सर्बसाधारण र ट्रस्टी नेपालीहरु मिलेर आयोजना गर्नलागेका हुन।( ट्रस्टी = संरक्षक ) यहाँ ट्रस्टी भन्नाले पशुपतीनाथ मन्दिर बनाउन, सन्चालन गर्न दान दिने दानदाता हरु हुन। ज्ञान्सको संस्था संचालनको सबै खर्च पनि यिनै ट्रस्टी हरुले ब्याहोर्दै आइरहेका छन। तर पछील्लो समय ज्ञान्स सस्थामा बिबाद बढ्दै गई रहेको छ । ट्रस्टी बाट उठेको चन्दाको दुरुपायोग भएको आरोप पनि लाग्दै आईरहेको छ ।  

    images
    mandir.jpg

    सस्थाको नियमित निर्वाचन हुनसकी रहेकोछैन। संस्थाका अधिकाँस ट्रस्टी र सदस्यहरु बिधान सम्मत नयाँ समिती निर्बाचित हुनुपर्ने माग राख्दै आई रहेका छन भने अबैधानिक भनिएको समितीले भने झन तानाशाही ढंगबाट पेलेरै अगाडि बढी रहेको ट्रस्टीहरुको आरोप छ।आफुले दिएको दान रकमको सहि  सदुपयोग नभएको ट्रस्टी हरुको गुनासो छ। ट्रस्टी बाट उठेको चन्दाको दुरुपायोग भएर  अनिमियतता भएको आशंका गरिएको छ। यता केही ट्रस्टीहरुले आफुले दिएको चन्दाको हिसाब माग्दा सस्थाका अध्यक्ष बिदुर खतिवाडाले ठुलै अपराधीझै प्रस्टिकरण सोध्ने, ट्रस्टी हरुबाटै उठाएको पैसा खर्च गरेर वकिल लागाइ कानुनी कारबाहीको धम्की दिने गरेको कुरा तेस्रोआँखा लाई बताए।


    तेस्रो आँखा