• ट्रेण्डिङ्ग :
अमर प्रहरीप्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली

अमर प्रहरीप्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली


  • 2.4K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.7K Views

    अमर प्रहरीप्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली

    बुटवल, ३० असोज । ६९ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी हुनु भएका मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।  

    images

    देशमा भएको विभिन्न आन्दोलनहरु, द्वन्द्वका क्रममा सहादत प्राप्त गर्नुहुने सवैप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

    462553360_2020233361742437_1507662267317248432_n.jpg

    प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो । हरेक बर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा ७ हजार पाँच सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्थाले झण्डै ८० हजार बढी जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पुरा गरिरहेको छ ।


    तेस्रो आँखा