१२ देशका २० लाख बालबालिकामा कुपोषणको गम्भीर समस्या : युनिसेफ

१२ देशका २० लाख बालबालिकामा कुपोषणको गम्भीर समस्या : युनिसेफ


  • 2.4K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.7K Views

    १२ देशका २० लाख बालबालिकामा कुपोषणको गम्भीर समस्या : युनिसेफ

    न्युयोर्क, ३० असोज । विश्वका विभिन्न मुलुकका २० लाख बालबालिका कोषको अभावका कारण गम्भीर कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ ।

    images

    युनिसेफकाअनुसार पाकिस्तानसहित १२ देशमा जीवन रक्षाका लागि कोषको अभावका कारण बालबालिकाले मृत्युको उच्च जोखिमको सामना गरिरहेका छन् । सन् २०२५ को मध्यसम्ममा प्रभावित देशको खाद्यान्न समाप्त हुन सक्ने चेतावनीसमेत युनिसेफले दिएको छ ।  

    तयारी अवस्थामा रहेको खानाका लागि कोषको अभावले प्रभावित देशमा बालबालिका उपचारको जोखिममा परेको अनुमान गरिएको छ। माली, नाइजेरिया, नाइजर र चाडलगायतका देशले यसअघि नै तयारी अवस्थामा रहेको खानाका लागि भण्डारण सकिएको बताएका छन् । क्यामरुन, पाकिस्तान, सुडान, मेडागास्कर, दक्षिण सुडान, केन्या, कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डामा सन् २०२५ को मध्यसम्ममा स्टक समाप्त हुन सक्ने युनिसेफले जनाएको छ ।  

    आर्थिक मन्दी र जलवायु परिवर्तनका कारण धेरै देशहरूमा पाँच वर्ष मुनिका बालबालिकामा गम्भीर कुपोषणको समस्या बढेको छ । युनिसेफका अनुसार पौष्टिक र सुरक्षित खानाको अभाव र बारम्बार रोगको कारणले हुने खतराबाट पीडित बच्चामा दुब्लो पातलो र प्रतिरक्षा प्रणाली कमजोर हुनाले वृद्धिमा कमी हुनुका साथै मृत्युको जोखिम हुने गर्छ । 

    युनिसेफका बाल पोषण तथा विकास निर्देशक भिक्टर एगुयोले गम्भीर कुपोषणविरुद्ध सङ्घर्ष गरिरहेका करिब २० लाख बालबालिकाको ज्यान बचाउन तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ ।  

    विगत दुई वर्षमा विश्वव्यापी द्वन्द्व, जलवायु र आर्थिकमन्दीको परिणामस्वरूप मातृ तथा बाल पोषणबाट प्रभावित देशहरूमा बाल कुपोषण र यससँग सम्बन्धित मृत्युदरलाई नियन्त्रण गर्न पोषण कार्यक्रमको मापनलाई अनुमति दिएको एगुयोले बताउनुभएको छ । 

    यस मुद्दालाई सम्बोधन गरी बालबालिकाको ज्यान बचाउन आहार, उपचार र हेरचाह कोषका लागि नविकरण गरिएको युनिसेफले जनाएको छ । ‘नो टाइम टु वेस्ट २०२४ अपडेट एन्ड कल टु अर्जेन्ट एक्सन’ मा १६ करोड ५० लाख अमेरिकी डलर सहयोगको आह्वान गरिएको छ ।

    यसअघि पनि सन् २०२२ मा युनिसेफले १५ वटा प्रभावित देशमा करिब ८० लाख बालबालिकामा कुपोषणलाई सम्बोधन गर्ने उद्देश्यले ‘नो टाइम टु वेस्ट एक्सेलेरेसन प्लान’ सुरु गरेको थियो ।


    तेस्रो आँखा