मधेशी एकता समाजले दुबईमा विजयादशमी मनायो

मधेशी एकता समाजले दुबईमा विजयादशमी मनायो


  • 2.5K
    SHARES
    • कार्तिक १, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.8K Views

    मधेशी एकता समाजले दुबईमा विजयादशमी मनायो

    काठमाडौँ, ०१ कात्तिक । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।

    images

    कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो । 

    Dubai Photo1.jpeg

    एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिनुभयो । विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राख्नुभयो । जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गर्नुभयो ।
    समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्ने बताउनु भयो । 

    एकता समाजका संस्थापक अनिल शाहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो ।

    एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा  नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो । 


    तेस्रो आँखा