• ट्रेण्डिङ्ग :
विदेशमा मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

विदेशमा मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने


  • 3.5K
    SHARES
    • कार्तिक १, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    विदेशमा मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

    काठमाडौं, ०१ कात्तिक । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको विदेशमा मृत्यु भएमा सरकारले मृतकका परिवारलाई १० लाख रुपैया दिने भएको छ । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै मृत्यु भएका परिवारलाई दिने आर्थिक सहायता रकम बढ्ने भएको हो ।

    images

    नियमावली संशोधन भएपछि सात लाख रुपैयाँबाट बढाएर १० लाख बनाइएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । 

    बोर्डका अनुसार मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ। वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । 

    वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतबापत प्राप्त गर्दै आएका छन् । सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ । 


    तेस्रो आँखा