बाजुरा, ०१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो । प्रसिद्ध धार्मिक स्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनको लागि भक्तजन आउने गर्दछन् ।
राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
