बाँकेमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पाँच जना पक्राउ

बाँकेमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पाँच जना पक्राउ


  • 2.7K
    SHARES
    • कार्तिक १, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    बाँकेमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पाँच जना पक्राउ

    बाँके, ०१ कात्तिक । बाँकेको कोहलपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। 

    images

    इलाका प्रहरी कार्यालय कोहलपुरका डिएपसी धर्मराज भण्डारीका अनुसार पीडित किशोरीले बुधबार कोहलपुरस्थित एक होटलमा आफूमाथि भएको सामूहिक बलात्कारबारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ गरिएको हो।

    प्रहरीले बैजनाथ गाउँपालिका–१ करेलीका निशान रोकाया, डम्मरबहादुर रोकाया, जिवन रोकाया र बैजनाथ–१ गाभर गाउँका निर्मल थापा र विजय कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये जीवन २४ वर्षका छन् भने अन्य १९ वर्षका हुन्।

    पीडित किशोरीले जाहेरीमा असोज २७ गते कोहलपुर नगरपालिका–११ स्थित सुर्खेत रोडको एक होटलमा बोलाएर आफूमाथि पाँच जनाले रातभर सामूहिक बलात्कार गरेको कुरा उल्लेख गरेकी छन्।

    डिएसपी भण्डारीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा निशान रोकायाले ती बालिकालाई होटेलमा खाजा खान भनेर बोलाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा