• ट्रेण्डिङ्ग :
तीन दिनमा करिब २ लाखले युक्रेन छाडे

तीन दिनमा करिब २ लाखले युक्रेन छाडे


  • 12.7K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 19.6K Views

    तीन दिनमा करिब २ लाखले युक्रेन छाडे

    एजेन्सी, १५ फागुन । युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । 

    images

    स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो । 

    ४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् । जबकी डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन् । 

    युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगरी र मोलडोवामा पनि हजारौं मानिसले शरण लिएको बीबीसीले जनाएको छ । 

     


    तेस्रो आँखा