अस्टिन टेक्सास, नेपाली हरुले दसैं तिहार लगाएत छठ पर्व धुमधामका साथ मनाउने गर्दछन। नेपालमा मात्र नभएर विश्व भरी छरिएर रहेका नेपाली हरुले पनि दशै तिहार लगाएत छठपर्व धुमधामका साथ मनाउने गर्दछन।विश्वभरी बाट दशै, तिहार मनाएकका र एकआपसमा शुभकामना साटासाट गरेका समाचारहरु मिडिया र सोसियल मिडियाका पोस्ट हरुमा छ्याप छ्याप्ती देख्न सकिन्छ। यसै बाट नेपाली हरुकोलागि यि चाडपर्व हरुको महत्व कती छ भनेर बुझ्न सकिन्छ। पशुपती नाथमन्दिरको निर्माण, दैनिक पूजापाठको खर्च र ज्ञान्सकोसबै खर्च ब्यहोर्दै आएका तिनै दानदाता हरुले अस्टिनको नेपाली पशुपतीनाथ मन्दिर प्राङगणमा दशै तिहार र छठ पर्वको उपलक्षमा शुभकामना साटासाट र चिया पान कार्यक्रमको आयोजनाछ गरेका छन। तर ज्ञान्सको नेत्रत्वपक्षले भने पशुपतिनाथमन्दिर परीसरमा शुभकामना साटासाट गर्न नदिने भएको छ। उक्त कुरा ज्ञानसको अबैधनीक भनिएको नेत्रित्वले आयोजक ट्रस्टीहरु लाई पठाएको अधिकारी पत्रमा देख्न सकिन्छ ।
आजको मिती सम्म ज्ञान्स संस्थाको नियमित निर्वाचन हुन सकेको छैन। संस्थाका अधिकाँस ट्रस्टी र सदस्यहरु बिधान सम्मत नयाँ समिती निर्बाचित हुनुपर्ने माग राख्दै आई रहेका छन भने अबैधानिक भनिएको नेत्रित्वले भने झन तानाशाही ढंगबाट पेलेरै अगाडि बढी रहेको ट्रस्टीहरुको आरोप छ। तिनै दानदाताले दशै, तिराह र छठपर्वको अवसरमा एक आपसमा शुभकामना साटासाट गर्ने पवित्र उदेश्यले ट्रस्टीहरुले आयोजना गरेको कार्यक्रम गर्न नदिनुले पनि अबैधानीक नेत्रत्वलाई ट्रस्टीले लगाएको आरोपको पुषटी गर्दछ।
अबैधानीक नेत्रत्वले ज्ञान्स संस्था लाई प्राईभेट क्लब जस्तै गरी मनोमानी ढंगले चालाई संस्थालाई आर्थिक र सामाजिक रुपमा अपुर्निय क्षति पुर्याएको हुनाले संस्थाको सामाजिक साख जोगाउन र संस्थालाई पुगेको आर्थिकक्षति पुरा गर्नको लागि दानदाता ट्रस्टीहरु अबैधानीक नेत्रत्वको बिरुद्धमा अदालतमा मुद्दा दर्तागर्न जान लागेको बुझिएको छ।
