नेता बन्दैन

नेता बन्दैन


  • 4.7K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.3K Views

    नेता बन्दैन

    भो बा म नेता बन्दैन
    भो बा म नेता बन्दैन
    किनकी
    हर बखत झूठ र झगडा गर्नु पर्छ
    परिक्रमा गरेर पद पाउनु पर्छ
    पाउ परेर पद जोगाउनु पर्छ
    पैसाका लागि अरुको पसिना सोस्नु पर्छ
    बरु म लाहुरै जान्छु
    फर्केर आउदा लाहुरे आएछ त भन्लान
    कमसेकम कुन चोर आए छ त न भन्लान ॥

    images


    भो बा म नेता बन्दैन
    भो बा म नेता बन्दैन
    किनकी
    अस्पताल हैन भ्यु टावर बनाउनु पर्छ
    पुल छैन पानी जहाज ल्याउनु पर्छ
    गास छैन ग्यास जोड्नु पर्छ
    जनता झुक्याउन रेल चढ्न पर्छ
    बरु म भारी नै बोक्छु
    गाउँगाउँ डुल्दा भरिया आएछ त भन्लान
    कमसेकम कुन भ्रष्टचारी आएछ त न भन्लान ॥

    भो बा म नेता बन्दैन
    भो बा म नेता बन्दैन
    किनकी
    चुनावको चटारो हुँदैन
    कोट फेर्ने र पिर्के सलामी खाने हतारो हुँदैन
    अरु त कुरै छाडौं पहिला एउटा साइकल खटारो हुँदैन
    देस हैन दुनिया ओकेल्न लठारो हुँदैन
    बरु म पौरखै गर्छु
    एक छाक पौरखैले खाएछ भन्लान्
    कमसेकम राज्यको ढुकुटी नै रित्याएछ त न भन्लान ॥


    भो बा म नेता बन्दैन
    भो बा म नेता बन्दैन
    किनकी
    पाँच वर्ष पजेरो र धाक–धक्कु पछि कतिको त बयल गाडा हुँदैन
    बन्जी र स्विडमा रमाउदै गर्दा तुईनको पिडाले छुदैन
    पोलेको मासु टिमुरको चट्नी, आर्सिको थालीमा मार्सी भात सधै हुँदैन
    नाङ्गो शरीर, भोको पेट, विरामी जनता देखेनी त्यो मन कहिल्यै रुँदैन
    बरु म गितै गाउँछु
    मेला उत्सवमा कलाकार आए छ भन्लान
    कमसेकम देस बेमानले खाएछ त न भन्लान ॥

    भो बा म नेता बन्दैन
    भो बा म नेता बन्दैन
    किनकी
    तस्करहरुको लस्करसँग हात मिलाउनु पर्छ
    ठेकेदारहरुसँग मिठो बात मिलाउनु पर्छ
    महाकाली सुकोस या कालापानी दुखोस दलालहरुसँग औकात मिलाउनु पर्छ
    सक्दैन म दुष्टहरुसँग निर्मलाहरुलाई राहत दिलाउनु पर्छ
    बरु म टालेरै लाउछु
    हजारौको भिडमा भिखारी आएछ त भन्लान
    कमसेकम कमिशन खाएर काँचुली फेरेछ त न भन्लान ॥


    लोक राज डाँगी
    लेखकबाट थप