• ट्रेण्डिङ्ग :
अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, बबई ए र अमर माबिको बिजयी सुरुवात

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, बबई ए र अमर माबिको बिजयी सुरुवात


  • 3.3K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, बबई ए र अमर माबिको बिजयी सुरुवात

    तुलसीपुर, ४ कात्तिक । दाङ तुलसीपुरको उरहरीमा आजदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ११ को आयोजनामा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले उद्घाटन गर्नु भएको हो । 

    images

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले खेल पुर्वाधार बिकास बिना सिङ्गो खेल क्षेत्रको बिकासको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । खेलकुद क्षेत्रको बिकासको पहिलो आधार स्तम्भ भौतिक पुर्वाधार निर्माण हो तर राज्यका संघीय, प्रदेश र स्थानीय गरि तिनै तहका सरकार यसतर्फ गम्भीर नभएको उहाँले बताउनु भयो ।

    "खेलकुद राष्ट्रको गौरव र पहिचान स्थापित गर्ने एक मात्र दरिलो माध्यम पनि हो यसको यथोचित बिकासमा राज्यको चासो र चिन्तन हुन नितान्त आवश्यक छ" उहाँले भन्नुभयो । साथै देशको विकास, अनुशासन र गतिशिलतालाई सँगसंगै लैजान सक्ने सामर्थ्य खेलकुदमा मात्र भएको उहाँको भनाई थियो ।

    462560213_563291082868905_4963264341219905188_n.jpg
    undefined

    कार्यक्रमका विशिष्ट अतिथि तुलसिपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले भौगोलिक भुवनोट र हावापानीका दृष्टिकोणले उत्तम तुलसीपुरलाई खेलकुद हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताउनु भयो । "खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धिमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजैदेखि खेल विकासमा जुटौ तुलसीपुर खेलकुदको हव अवश्य बन्नेछ" उहाँले भन्नुभयो । साथै अनुशासनको उच्च आदर्शलाई आत्मसात पालना गरेर खेल खेल्न सबै खेलाडीलाई आग्रह गर्नुभयो ।

    तुलसीपुर उपमहानगरपालिका वडा ११ का अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा १८ का अध्यक्ष माधव वली,अमर मावि उरहरीका प्रधानअध्यापक पदम बहादुर वली, नेपाली कांग्रेस तुलसीपुर ११ का सभापति हेमराज वली, नेकपा एमाले वडा ११ अध्यक्ष भागिराम चौधरी, एकीकृत माओवादीका बेद बोहरालगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

    वडा सदस्य यज्ञ बहादुर बस्नेत स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिब पदम भण्डारीले गर्नु भएको थियो । 

    यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा बबई फुटबल टिम र अमर माबी उरहरी फुटबल टिम बिजयी भएका छन । बबईले उद्घाटन खेलमा नवलपुर फुटबल टिमलाई सुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । 

    त्यस्तै अमर मावि उरहरीले बबई फुटबल टिम बिलाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोलि सोमबार बिहान मोतिपुर फुटबल टिम र उरहरी फुटबल टिमबिच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा बेल्टाकुरा ए र बेल्टाकुरा बि भिड्नेछन् ।

    स्थानीय स्तरमा फुटबल खेलको बिकास र बिस्तार गर्न आयोजित प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधातर्फ बेष्ट प्लेयर र बेष्ट किप्परलाई ट्रफी प्रदान गरिने वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनु भएको छ ।
     
    पाँच दिनसम्म चल्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप