रुसले अन्तराष्ट्रिय फुटबल राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना खेल्नुपर्ने

रुसले अन्तराष्ट्रिय फुटबल राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना खेल्नुपर्ने


  • 8.6K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    रुसले अन्तराष्ट्रिय फुटबल राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना खेल्नुपर्ने

    काठमाडौं, १६ फागुन । रुसले अन्तराष्ट्रिय फुटबल खेल राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना खेल्नु पर्ने भएको छ । 

    images

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको हो ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि फिफाले रुसलाई झण्डा र राष्ट्रिय गानमा प्रतिबन्ध लगाएको हो । 

    फिफाको निर्देशन अनुसार अब रुसले फुटबल अफ रसियाको नाममा तटस्थ भएर अन्तराष्ट्रिय खेल खेल्नुपर्ने छ । 

    रुसले गरेको आक्रमणकै विरोधमा पछिल्लो समय युरोपका इंग्ल्यान्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक र स्विडेन लगायतले रुससँग खेल्न अस्विकार गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप