अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको जित

अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको जित


  • 5.0K
    SHARES
    • कार्तिक ५, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.7K Views

    अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको जित

    अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले पराजित गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

    images

    आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे 

    अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एकरएक विकेट लिए । यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

    अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए ।


    तेस्रो आँखा