सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो


  • 8.4K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

    काठमाडौं, १६ फागुन । सुनको मूल्य सोमबार  प्रतितोलामा एक हजार छ रुपैयाँको दरले बढेको छ  ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
     
    यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।  

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएको छ ।
     

     


    तेस्रो आँखा