रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ता सुरु

रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ता सुरु


  • 15.2K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 23.3K Views

    रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ता सुरु

    एजेन्सी, १६ फागुन । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ।

    images

    रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ताको सुरु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    बीबीसीका अनुसार युक्रेन र बेलारुसको सीमामा रुससँग शान्तिवार्ता गर्न युक्रेनी टोली पुगेका छन् । युक्रेनी अधिकारीहरुले बताएअनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ता रहेको छ । यसअघि बन्दोबस्ती तथा सुरक्षाका कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो ।  

    वार्ताको तयारीकाबीच पनि युद्धविरामको अपेक्षा भने निकै कम भएको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले वार्ताबाट कुनै उपलब्धि हासिल होला भन्ने आशा नराखेको आइतबार बताएका थिए । साथमा उनले वार्ताका लागि प्रयास गरिनुपर्ने र युक्रेनले युद्ध रोक्ने प्रयास नगरेको आरोप कसैले पनि लगाउनु नहुने बताएका थिए । 

    एक साता लामो कर्फ्यूपछि किएभवासी बाहिर निस्किन थालेका छन् । युक्रेनले अहिलेसम्म झण्डै पाँच हजार तीन सय रुसी सैनिक मारिएको दाबी गरेको छ । तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन । 

    बीबीसी 

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप