• ट्रेण्डिङ्ग :
सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार

सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार


  • 3.6K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार

    काठमाडौं, ९ कात्तिक । कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । विगत एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यो दिन चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा