वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उदे्श्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्ष्नहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष मानबहादुर रावतसँग पाँच प्रश्नहरु सोधेका छौँ । प्रस्तुत छ, वडाध्यक्ष रावतसंग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेका कुराकानीको सम्पादित अंश ।
१. जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
चुनावका बेलामा हामीले जनताका बीचमा जे कुरा गरेका थियौँ । त्यो कुरा पार्टीको तर्फबाट र तुलसीपुर उपमहानगर पालिका, नगरकमिटीको तर्फबाट हामीले घोषणापत्र जारी गरेका थियौं । र हामीले पनि एउटा प्रतिबद्धता–पत्र जनताको बीचमा निकालेका थियौँ । जनताको बीचमा जे प्रतिबद्धता गरेको थियौँ, हामीले त्यसलाई अक्षरसः पालना गर्ने र क्रमिक रुपमा त्यो कामहरु पुरा गर्दै अगाडि बढेका छौँ । जनताको चाहान ‘शिघ्र सेवा तिव्र विकास’को आकांक्षा हो । त्यो शिघ्र सेवा तिव्र विकासको आकांक्षा पुरा गर्ने उदेश्यका साथ हामीले शिघ्र सेवालाई व्यवस्थित गर्नाकालागि हामी निर्वाचित भएर आइसकेपछि हामीले निःशुल्क फोटोकपी र निःशुल्क निवेदनको कामबाट सुरु गरेका छौँ । जो जनताको शिघ्र सेवा भित्र पर्छ र शिघ्र सेवा तिव्र विकासको आकांक्षा जनताले बोक्दै गर्दा हामीले वडाबाट दिइने सेवा प्रवाह जनतालाई झन्झटिलो र अप्ठारो नहोस, जनतालाई सहज होस भन्ने उद्देश्यका साथ हामीले निःशुल्क फोटोकपी र निःशुल्क निवेदन दिने व्यवस्था मिलाएका छौँ ।
हामी निर्वाचत भएर आउनु भन्दा पहिले एउटा निवेदनको एक सय रुपैया र फोटोकपीको दश रुपैयाँ लगिन्थ्यो भने हामी निर्वाचन भएर आईसके पछि हामीले निःशुल्क निवेदन र निःशुल्क फोटोकपी गर्ने वडाबाट व्यवस्था मिलाएका छौैैं । जनतालाई झन्झटिलो सेवा प्रवाह होइन सजिलो सेवा प्रवाहको रुपमा हामी जानुपर्छ भनेर सजिलो सेवा प्रवाह गरेका छाँै । शिघ्र सेवा सँगसंगै तिव्र विकासको पनि आकांक्षा हुन्छ । चुनावको समयका राजनीति गर्ने मान्छेहरुले यस्तो पनि भन्ने गरेका छन कि हामीलाई मतदान गर्नुहोस, हामी यो बनाइदिन्छौ, हामीलाई जिताउनुहोस हामी त्यो गरी दिन्छौ आदि । यस्ता लोभलालच देखाएर निर्वाचन जितिसके पछि जनताको घरदैलोमा नपुग्ने, जनता समक्ष आफुले गरेका बाचाहरुलाई बिर्सिने प्रवृती थियो र नेताहरु चुनावको समयमा जनतासंग नमस्कार गर्न आउने तर निर्वाचन जितेर गइसकेपछि फर्केर नआउने । तपाईहरु पनि त्यहि गर्नुन्छ होला भन्ने खालको गुनासो जनताको थियो । हामीले जनताको चाहनालाई डायरीमा टिपेर, घोषणापत्र अनुसार प्रतिवद्धता भित्र राखेर हामीले बोलेका कुराहरुलाई क्रमिक रुपमा पुरा गर्ने अभियानमा छौँ । तर विकास आजको भोली नै गरेर सकिँदैन । आजको भोली सम्पन्न हुन नसक्ने हुदाँ क्रमिक रुपमा विकास गर्दै आएका छांै । अहिले पनि जनताको मत सर्भेक्षण गर्नुभयो भन्ने तुलसीपुर उपमहानगरपालि वडा नम्बर ११ का वडाध्यक्ष र वडाका जनप्रतिनिधिहरु निरन्तर रुपमा विकास निर्माणका काममा छन । साँच्चै भन्दा राम्रो काम गरेका छन, धेरै मेहेनत गरेका छन । थोरै बजेटबाट धेरै काम गरेका छन भनेर जनताले भन्नुहुन्छ होला भन्ने मलाई लाग्छ । वडाले कति सम्बोधन गर्ने, तुलसीपुर उपमहानगरपालिकाले कति सम्बोधन गर्ने, प्रदेश सरकार, संघीय सरकारले र कति विकासे कार्यालयहरुबाट विकास गर्ने भन्ने हिसाबमा हामीले सबै ठाँँउ प्रयोग गरेका छौँ र सबै तहलाई हामीले घच्घच्याएका छौं । सोचेको भन्दा राम्रो विकास गरेका छौं । सर्वेक्षण गर्दा पनि जनताले विकास राम्रो गरेका छन भन्ने सुनिन्छ । हिजोको जस्तो भलादमी, ठाडो बोल्ने, जनताले गरेको नमस्कार नफर्काउने, जनप्रतिनिधि छैनन् । र सरल जनप्रतिनिधि छन भन्ने सन्देश तपाईले पाउनुन्छ ।
२. वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागि गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ की छैन ?
एकल वडा अध्यक्षले हस्तक्षेप गर्ने, वडाध्यक्षले एकल निर्णय गर्ने, निर्णयमा सहभागिता नहुने भन्ने जे कुरा अन्यत्र सुनिन्छ, हाम्रोमा त्यस्तो छैन । हाम्रो वडामा जनप्रतिनिधिको बैठक महिनामा २ पटक बस्छांै । आवश्यकता परेको खण्डका एक महिनामा ४ पटक सम्म पनि बैठक बस्देै आएकाछौँ । सानो–सानो कुराको निर्णय गर्दा बैठक बसाएरै निर्णय लिन्छौ र हरेक कुराम्रो निर्णय गर्दा वडा सदस्यको सहभागि गराएर माईन्युटमा लेखेर मात्र निर्णय गछौँ । एक हजारदेखि दशहजारसम्मको योजनाको निर्णय गर्दा वडाध्यक्षको तोकको भरमा होईन, वडा समितिको बैठको निर्णयको आधारमा हामीले कामहरु गरेका छौँ ।
सबैजना वडा सदस्य ज्युहरु निर्णयमा सहभागि हुनुहन्छ र त्योसँगै हामी विकासका योजनाहरु अनुगमन गर्न जान्छौ । हामीसँगै समस्या बुझ्न जान्छौ । बस्तीस्तरका योजनाहरुमा सँगसँगै जान्छौ, निर्णयहरु सँगसँगै लिन्छौ । वडामा बजेट विनियोजन र कार्यान्वयन गर्ने अभियानमा हामी सँगसँगै लाग्छौँ । वडा सदस्यहरुको सहभागिता छैन, हुँदैन्न भन्ने कुरा मैले पनि सुनेको छु । तर वडा सदस्यको सहभागि बिना हामीले वडाको एकल निर्णय गर्ने अभियानमा रह्यौ भने एकता निमार्ण हँुदैन । लोकतन्त्रको सुन्दर पक्ष भनेको तीनतहको सरकार मध्येमा सबभन्दा तल्लो तहको सरकार भनेको वडा सरकार हो । जब वडा सरकार कमजोर बन्छ, वडाका जनप्रतिनिधिहरु कमजोर बन्छन तब वडाका जनप्रतिनिधि बीचमा एकता निमार्ण हुँदैन । जनप्रतिनिधिहरु बीचमा मत बाझिन्छ त्यस्तो अवस्थामा हामीले सोचेको जस्तो विकास गर्न सक्दैनौं, त्यसकारण पनि वडा सदस्यज्युहरुको महत्वपुर्ण भुमिका छ र महत्वपुर्ण भुमिकाका साथ हामी वडाबाट निर्णय बिना कुनै काम गर्दैनौँ ।
३. वडाको समग्र सम्वृद्धिकालागि तपाईका भावी योजनाहरु के के छन ?
हामीले जनतालाई विकाससँग जोड्छौ, सम्वृद्ध वडा, सुखी जनता बनाउने अभियान भित्र हामीले धेरै कामहरु गरेका छौँ । सबभन्दा पहिला निर्वाचन जितेर आइसकेपछि, जतिबेला यातायात थिएन, कोईलाबासबाट खाद्यान्ह, नुन मिठाँइ, चिनी आदि घोडालाई बोकाएर यहाँ ल्याउने र दाङको तोरी कोईबास लैजाने जस्ता यातायातको काम गर्ने घोडेहरु हुनुन्थ्यो । वहाँ घोडेहरुलाई हामीले सबभन्दा पहिला ल्याएर सम्मान ग¥र्याै । साथै घोडा व्यवसाय गर्नका निमित्त जनहि दशहजार रुपैयाँ दियौँ । त्यतिबेला हाम्रो वडाका ५३ जना घोडा व्यवसाय गर्ने मान्छेहरु हुनुहुन्थ्यो । यस पटक जग्गा लिजमा लिएर खेतीपाती गर्नेहरुलागि हामीले जग्गाको भाडा वडा तर्फबाट तिरिदिने योजना बनाएका छौं । र ती व्यवसाय गर्ने मान्छेहरुलाई बेमौसमी वा मौसमी तरकारी खेती वा अन्य के गर्न चाहनुन्छ उहाँहरुको चाहना वा रुचि अनुसार जग्गा उपलब्ध गराउनकालागि हामीले बजेट विनियोजन गरेका छौँ ।
हामीले गएको आर्थिक बर्षमा बेसार खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले जनतालाई पैँचो बेसार कार्यक्रम दिएका छौँ । अदुवा खेती गर्नकालागि पनि हामीले अदुवा पैँचौ दिएका छौँ । हाम्रो वडामा २४ सय घरधुरी छ । यहाँका जनातालाई आत्मनिर्भर बनाउनुपर्छ भनेर खुर्सानी रोप्ने र खुर्सानीमा आत्मनिर्भर हुने कुरा गरेका छौं । यसपटक हामीले बगर खेतीको अवधारणा ल्याएर बजेट विनियोजित गरेका छौँ । हामीसँग हिउदँको समयमा खाली रहेको जमिन, जहाँ बगर रहन्छ, त्यहाँ बगर खेती गर्ने मान्छेहरुका निमित्त हामीले बिउँ उपलब्ध गराउने र मोटरको व्यवस्था गराउनेछौ । मानिसहरुलाई आय आर्जनसँग जोडिने आत्मनिर्भर बनाउने अभियानमा हामी लागेका छौँ ।
४. जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासो कत्तिको सुन्नुहुन्छ ?
भगवान रामले त सितालाई लंकाबाट फर्काएर ल्याएपछि बगरमा बस्ने एक जना धोबीको गुनासो सुनेका थिए भन्ने हामी त मान्छे हौं । जनताको गुनासो त आउने कुरा भयो । हाम्रो वडा भित्र पनि सारा मान्छेले राम्रो छ, ठिक छ भनेर भन्दा–भन्दै पनि एकाध मान्छेले राम्रो छ नभन्न पनि सक्छन । राम राज्यमा पनि धोवीले राम र सीताका विरुद्धमा बोल्थे, त्यसैगरि हाम्रा विरुद्धमा पनि छ । तर समग्र वडाभित्र हेर्नुभयो भने, वडाध्यक्ष र अहिलेका जनप्रतिनिधिहरु ठालु भलादमी भए, यिनिहरुले जनताको गुनासो सुनेनन, यिनिहरुले सेवा प्रवाह राम्रो दिन सकेनन्, छिनको छिनमा काम गर्न सकेनन्, जनताले सोचे अनुसारको विकास गर्न सकेनन्, यिनि जनता भन्दा माथि भए र यिनिहरु राम्रो नियतका छैनन् भन्ने खालको सन्देश जनताले अहिले पनि लगाउनु हुन्न जस्तो मलाई लाग्छ । तर यति भन्दै गर्दा मैले फेरी पनि भने, राम राज्यमा पनि आलोचना, कुरा काट्ने मान्छे थिए भने हामी कहाँ छैनन् भने कुरा भएन । तर जहाँसम्म छ, हुनुहुन्न ।
५ वडामा रहेको सुकौराकोट विकासकोलागि वडाको तर्फबाट के कस्तो काम भइरहेको छ ?
हामीले धेरै चिज गरिरहेका छौ, वडा नम्बर ११ मा निर्वाचित जनप्रतिनिधि भएर आइसकेपछि दंगीशरण थारु राजाकोट दरबार त्यहाँ एउटा अलपत्र टावर थियो । त्यो टावरलाई हामीले व्यवस्थित गर्ने काम गरेका छौँ । उक्त टावरको माथिल्लो तल्ला थपेका छौ र पाचँ तल्ले भ्यू टावर बनाएका छौं । हामीले चारैतिर बाट पर्खाल बनाएका छौ । दंगीशरण थारु राजाकोट दरबारको छेउमा एउटा पोखरी करिब एक करोड बराबरको लगानीमा निर्माण गरेका छौं । अहिले हामीले दंगिशरण थारु राजाकोटको संग्राहलय निर्माण गर्नाकालागि संघीय सरकारको पर्यटन मन्त्रालयबाट दुई करोड पचास लाखको टेण्डर आएको छ । आशय निस्केको छैन, आशय निकाल्ने अभियानमा छौं र निरन्तर लागी पनि परेका छौं । हामीले वडाको तर्फबाट दंगिशरण थारु राजाकोट दरबारको भंग्नावसेसलाई हुलाक टिकट निकाल्ने अभियानमा छांै । सो काम नजिक भविष्यमै हुँदैछ । समग्र दंगिशरण थारु राजाकोट दरबारको विकासकालागि हामी निरन्तर रुपमा लागेका छौं । हाम्रो कार्यकाल भित्र घुम्न जाउ सुकौरा, हेर्न जाउ सुकौरा भन्ने पर्यटकिय आकर्षणको केन्द्र हामीले दंगिशरणलाई बनाउँछांै । दंगिशरण पछि परेको टाउँ हो, दंगिशरण थारु राजाले राज्य गरेको ठाउँ हो । त्यो दरबार अहिले जस्तो बन्नपथ्र्याे त्यस्तो बन्न सकेको छैन । हामीले चखौरा बनेको देखेका छौं, पाल्पाको रानी महल जहाँ पर्यटनहरुको घुइचो हुन्छ त्यो बनेको देखेका छौ । तर दंगिशरण थारु राजाकोट दरबार, जुन अत्यान्त शान्त ठाउँमा छ । चारैतिरबाट बाटो बनेको छ, सबै चिज राम्रो बनेको छ । त्यो दंगिशरण थारु राजाकोटको दरबार हामीले जस्तो बनाउनु पथ्र्यो, त्यस्तो बनाउन सकेका छैनौं । हामी विकास गर्नकालागि निरन्तर लागेका छौं । ढाइ बर्षका बीचमा हामी यो काम गर्दैछौं भने हामीले ढाई करोडबाट संग्राहलय बनाउने अभियानमा छौं । हामीले सक्यो भने थप कामको लागि अगाडी बड्ने छौं । साथै हाम्रो अर्जुनदृष्टी सुकौरा दंगिशरण थारु राजाकोट बनाउने अभियानमा छौं, त्यो अभियानलाई मेरो कार्यकालसम्म हामीले हाम्रो तर्फबाट बनाउने भूमिकामा रहन्छौं । अर्को महत्वपूर्ण कुरा बाम लोकतान्त्रिक आनदोलनमा एउटा अर्थक योद्धा श्रीमणी आर्चाय जो हाम्रो क्षेत्रको हुनुहुन्थ्यौ, लामो समय शैक्षिक आन्दौलनमा रहनुहुन्थ्यो, उहाँ श्रीमणि आर्चायको सम्झनामा हामीले तुलसीपुर ११ को मालेडाडाँ भन्ने ठाउँमा श्रीमणी पार्क निर्माण गरेका छौं । त्यो श्रीमनि पार्कमा शालिक निर्माण गरेर आसार ८ गते हामीले शालिकको अनावरण गरिसकेका छौं । त्यो शालिक र पार्क निर्माण गर्नकोलागि हामीले एक करोड ५३ लाख रुपैयाँ बजेट संघीय सरकारको परेको छ । त्यो संघीय सरकारको एक करोड ५३ लाख रुपैयाँ बजेटबाट हामी जतिसक्यो छिटो दशैं सकिए लगतै ३ वा ४ दिन भित्रमा हामीले श्रीमणी आर्चायको सम्झनामा श्रीमणी पार्क निर्माण हुने ठाउँकोलागि टेण्डर गर्दैछौं । त्यो महत्वर्पुण र हेर्न लाएकको पार्क त्यहाँ पनि बन्नेछ । हामीसँग दुईवटा पार्क निर्माण हुनेछ । एउटा दंगिशरण थारु राजाकोटको दरबार भएको क्षेत्र र अर्को तुलसीपुर ११ को माले डाडाँ भन्ने ठाउँमा श्रीमाणी आर्चायको शालिक र श्रीमणी पार्क । यो दुईवटा ठाउँलाई हामीले एतिहासिक विकास गर्ने अभियानमा लाग्छौ र निरन्तर त्यो अभियानमा छौं ।
रुपा थापा
