मेयर कपको उपाधि एपीएफलाई 

मेयर कपको उपाधि एपीएफलाई 


  • 8.4K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    मेयर कपको उपाधि एपीएफलाई 

    काठमाडौं, १६ फागुन । नेपाल एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी–ट्वान्टी च्याम्पियनशीपको उपाधि जितेको छ ।

    images

    डिफेन्डिङ च्याम्पियन समेत रहेको एपीएफले सोमबार टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यो एपीएफको लगातार दोस्रो उपाधि हो ।

    यस अघिको संस्करणमा पनि एपीएफले सुदुरपश्चिम प्रदेशलाई फाइनलमा पराजित गर्दै उपाधि जितको थियो । 

    सोमबारको खेलमा एक सय १४ रनको लक्ष्य एपीएफले १५ दशमलब पाँच ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो । 

    एपीएफलाई जित दिलाउन ज्योती पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् भने इन्दु वर्मा २९ रनामा अविजित रहिन् । त्यस्तै सिता राना मगर १९ रन बनाएर आउट भईन् । 

    यस अघि पहिले टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन जोड्न सक्यो । 

    सुदुरपश्चिमको लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् भने डोली भट्टले ३६ रन जोडिन् । कविता कुँवर ४२ रनमा अविजित रहँदा रेवती धामी १० रनमा आउट भईन् । त्यस्तै रितु कनौजिया दुई रनमा अविजित रहिन् । 

    एपीएफका लागि सुस्मा श्रेष्ठले दुई विकेट हात पारिन् । 

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप