दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु

दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु


  • 3.1K
    SHARES
    • कार्तिक ११, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु

    कात्तिक ११ तुलसीपुर । दाङको तुलसीपुरमा आज आइतबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिचाइ मन्त्री दिपक गिरीले उद्घाटन गर्नु भएको हो ।

    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै गिरीले सिङ्गो राष्ट्रको सान र पहिचान बोकेको खेलकुद क्षेत्र अपेक्षाकृत ढंगले अगाडि बढ्न नसकेको बताउनु भएको छ । "खेलकुद राज्यको चासो र चिन्तनमा पर्न सकेन हामी चार दशक अगाडि खेल्दा मार्सल आर्ट खेल आम नागरिकका लागि प्रतिबन्ध थियो अहिले त्यो अवस्था छैन तर खेलकुद अझै पनि आमनागरिकको पहुँच भन्दा बाहिर हुनु राज्यले खेलकुदलाई हेर्ने दृष्टिकोण, चासो र चिन्तनमा कमि हुनु हो" उहाँले भन्नुभयो । राज्यको सीमित स्रोत साधनकाबीच खेलाडीको लगनशिलता र मेहनतले राष्ट्रले हासिल गरेको उपलब्धीको उहाँले तारिफ गर्नुभयो ।

    16658088-bb0c-4063-93f0-e6b765eb340b.jfif

    कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले स्वस्थ अनि समृद्ध समाज निर्माणमा खेलकुदको अहमभुमिका रहेको बताउनु भएको छ । "अबको खेलकुद राष्ट्रको समृद्धिसँग जोडिनु पर्छ अनि मात्र समग्र खेलकुदको बिकास सम्भव छ" उहाँले भन्नुभयो ।
     
    नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, नेकपा एमाले तुलसीपुर नगर कमिटि अध्यक्ष रुप बहादुर खत्री, नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहन सुनार लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

    संघका उपाध्यक्ष जित बहादुर केसीको स्वागत रहेको कार्यक्रममा गोरखा मावि तुलसीपुरको थारु संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो ।

    तीन दिनसम्म संचालन हुने प्रतियोगितामा गेरुगी फाइट पुरुष तर्फ २५ देखि ६३ केजि तौल तथा महिलातर्फ २५ देखि ५३ केजि तौल समुहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुम्से १२, २७, २१ र प्लस ४० वर्षमुनि महिला, पुरुष सिङ्गल तथा पियरमा प्रतिस्पर्धा हुने तेक्वान्दोका प्रशिक्षक सुमन घलेले जानकारी दिनु भएको छ ।

    प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ७ सय ४६ जना महिला पुरुष खेलाडी, रेफ्री, जुरि र अफियल ४० गरि ७ सय ८६ जना सहभागीता रहेको प्रशिक्षक घलेले जानकारी दिनुभयो ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप