• ट्रेण्डिङ्ग :
नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश


  • 6.6K
    SHARES
    • कार्तिक ११, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 10.1K Views

    नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

    काठमाडौं, ११ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

    images

    आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

    नेपालले उपाधिको लागि बंगलादेशसँग भिडन्त गर्ने छ । आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

    अघिल्लो संस्करणको फाइनल खेलमा पनि नेपाल र बंगालदेशबिच नै उपाधि भिडन्त भएको थियो । अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

    यसअघि खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाउनु भएको थियो । त्यसलगत्तै नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । त्यसपछि विवाद हुँदा खेल केही समय रोकिएको थियो । रोकिएको खेल सुरु हुनासाथ नेपालको तर्फबाट सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी भएको थियो ।

    त्यसपछि पेनाल्टी-सुटआउटमा ४-२ गोलले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।


    तेस्रो आँखा