राजेश पायल राईको 'लाईभ इन अस्टिन' कार्यक्रम हुँदै

राजेश पायल राईको 'लाईभ इन अस्टिन' कार्यक्रम हुँदै


  • 13.9K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 21.4K Views

    राजेश पायल राईको  'लाईभ इन अस्टिन' कार्यक्रम हुँदै

    अस्टिन टेक्सास,  चर्चित गायक राजेश पायल राईले अमेरिकाको अस्टिनमा आयोजना हुने लाईभ इन अस्टिन कार्यक्रममा विशेष सांगितिक प्रस्तुति दिने भएका छन।

    images

    नमो नमस्ते इन्टरटेन्टमेन्ट र एटएटफोएट मिडियाको प्रस्तुतिमा आगामि नोभेम्बर १ तारिखको साँझ अस्टिनमा सो कार्यक्रम आयोजना गरिएको हो । साँझ ६ बजेदेखि बिहान २ बजेसम्म चल्ने लाइन इन अस्टिन कार्यक्रम अतिति ग्रील एण्ड बारमा आयोजना हुनेछ ।

    आयोजकले नेपाली गीत संगीतको क्षेत्रमा गायक राजेश पायल राईको विशिष्ट योगदान रहेको र अमेरिकामा उनका फ्यानहरुको डिमाण्ड पनि भएकाले सांस्कृति कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा सहभागि भई स्वस्थ मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ । तिहारको बेलामा सो सांस्कृतिक कार्यक्रमका दौरान नेपाली समुदायबीच भेटघाट, आत्मीयता आदानप्रदान र मनोरञ्जन हुने विश्वास आयोजकले लिएको छ ।

    कार्यक्रममा सीमित सिट उपलब्ध रहेकोले छिट्टै आफ्नो टिकट बुक गर्न पनि आयोजकले अनुरोध गरेको छ । समाजप्रेस र दुबोले पनि सो कार्यक्रमको भव्य आयोजनाका लागि सहकार्य गरेका छन् ।
    चर्चित गायक राजेश पायलका अर्को जुनी, माया बस्यो मुटुमा, फुलै फुलको मौसम, फैलियो माया दुबो सरी, दर्शन नमस्ते लगायतका दर्जनौ चर्चित गीतहरु रुचाइएका छन् ।


    तेस्रो आँखा