दाङ, १२ कात्तिक । । दाङमा एक बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले आत्महत्या गरेका छन् । प्युठानको सरुमा गाउँपालिका वडा नम्बर ४ का २६ बर्षीय रेवन पचभैया मगरले प्रहरी हिरासतमा आत्महत्या गरेका हुन् ।
मगरलाई केही दिनअघि भालुवाङबाट ८ बर्षीय नाबालिकलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिम्सेनाका अनुसार, मगर सोमबार बिहान घोराहीस्थित वडा प्रहरी कार्यालयको शौचालयमा गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, दसैँको अवसरमा पिङ खेल्न गएकी नाबालिका माथि उनले बलात्कार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको थियो । साथै उनले प्रहरीसँगको बयानमा स्वीकार गरेका थिए । यस घटनाले प्रहरी हिरासतको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ भने उक्कत घटनाकको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
