बाँके, १२ कात्तिक । बाँकेको नेपालगञ्जबाट सात सय क्विन्टल गाईको मासु बरामत गरिएको छ । प्रहरीले गाईको मासु बरामत गरिएसँगै ५ जनालाई पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, नयाँबस्तीबाट प्रहरीले सोमबार बिहान ७ सय किलो गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको हो।
जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँमा गाई काटेको आशंका गरिएको छ। भे १ ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर ल्याउँदै गर्दा प्रहरीले मासु बरामद गरेको थियो।
प्रहरीले भ्यान चालक खजुरा वडा नम्बर ८, चमकदारपुरका ईस्माइल जोलाह, अहमद्दिन खान, जाविद र जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँका सफिक आलम पठान र एसानु खानलाई प्रहरीले पक्राउ गरेको हो।
बाँके प्रहरीले माथिको आदेश भन्दै घटनालाई गोप्य राखेको छ ।
