सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास

सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास


  • 10.8K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.6K Views

    सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास

    काठमाडौं, १७ फागुन। उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
     
    हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
     
    यसैगरी उपराष्ट्रपति पुनले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधानसेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस परेको छ।

    images


    तेस्रो आँखा