क्रिकेट विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित

क्रिकेट विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित


  • 2.4K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    क्रिकेट विश्वकप लिग–२ :  स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित

    आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ। टस जितेर सुरुमा बलिङ गरेको नेपालले पाएको १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा १२१ बल बाँकी हुँदा १५७ रन बनाउँदै पूरा गरेको हो।

    images

    पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ४५ रन खर्चिएर तीन विकेट हात पारेका हुन्।करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई दुई विकेट हात पारे।

    अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने। नटआउट शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५१ रन बनाएका हुन्।

    १० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ४५ रन खर्चिएर तीन विकेट हात पारेका हुन्। ९ ओभर बलिङ गरेका करण केसीले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट हात पार्दा ८.४ ओभर बलिङ गरेका सोमपाल कामीले एक मेडन राख्दै ३२ रन खर्चिएर दुई विकेट लिए। ९ ओभर बलिङ गरेका गुल्सनले दुई विकेट हात पार्दै ३३ रन मात्र दिए । दुई ओभर बलिङ गर्दा ६ रन खर्चिएका दीपेन्द्रसिंह ऐरी भने विकेट बिहीन रहे ।

    ब्याटिङतर्फ  नेपालका लागि कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन बनाए । कुशलले ३४ बलमा दुई चौकाको मद्दतमा २५ रन जोड्दा नटआउट गुल्सनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

    ओपनर आसिफ शेखले ३४ बलमा एउटा चौकासहित २१ रन बनाए भने अर्का ओपनर अनिल शाह १९ बलको सामना गर्दा एक छक्कासहित १३ रन बनाएर आउट भए । कुशल मल्लले १८ बलको सामना गरेर मात्र ७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल तीन बल खेल्दा १ रनमा आउट भए ।


    तेस्रो आँखा